अन्तराष्ट्रिय

राजनीतिक समूहको प्रवेशले आन्दोलन अराजक बनेको अभियन्ता खनालको दाबी

राजनीतिक समूहको प्रवेशले आन्दोलन अराजक बनेको अभियन्ता खनालको दाबी

काठमाडौ, जेनजी समूहका अभियन्ता अमित खनालले सोमबार काठमाडौँमा भएको आन्दोलन राजनीतिक समूहको प्रवेशका कारण अराजक बनेको दाबी गरेका छन्।

नेपाल प्रेससँगको कुराकानीमा खनालले आफूहरूद्वारा आयोजना गरिएको आन्दोलन प्रारम्भमा पूर्ण रूपमा शान्तिपूर्ण रहने तयारी भए पनि राजनीतिक स्वार्थ बोकेका केही समूह र व्यक्तिहरू प्रवेश गरेपछि प्रदर्शन अव्यवस्थित भएको बताए।

उनका अनुसार रास्वपा र व्यवसायी दुर्गा प्रसाईँसँग नजिक रहेका केही कार्यकर्ताले प्रदर्शनमा सहजीकरणका नाममा सहभागी भए पनि पछि भीड बढेसँगै तोडफोड र अराजक प्रवृत्तिमा उत्रिएका थिए। “हामीले शान्तिपूर्ण प्रदर्शन गर्ने प्रस्ताव राखेका थियौँ, तर पछाडिबाट अराजकतामुखी गतिविधि देखिएपछि हामी अलगिनुपर्‍यो,” खनालले स्पष्ट पारे।

खनालले आन्दोलनको मूल एजेन्डा भ्रष्टाचारविरुद्धको आवाज र सुशासनको माग भए पनि केही राजनीतिक दल र स्वार्थी समूहले सामाजिक सञ्जालका विषयलाई अत्यधिक अगाडि सारेको र त्यसैलाई आधार बनाएर आन्दोलनलाई भड्काउने प्रयास गरेको आरोप लगाए।

जेनजी समूहले राज्य प्रणालीलाई भ्रष्टाचारमुक्त बनाउनुपर्ने मागसहित सोमबार माइतीघर मण्डलामा प्रदर्शनको आह्वान गरेको थियो।

२९७ पटक हेरीएको

सम्बन्धित समाचार