कर्णाली

भूकम्पमा परी घाइते भएकाहरुको उपचारमा ध्यान दिन राष्ट्रपतिको आग्रह

भूकम्पमा परी घाइते भएकाहरुको उपचारमा ध्यान दिन राष्ट्रपतिको आग्रह

२३ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट भूकम्पमा परी घाइते भएकाहरुको उपचारमा ध्यान दिन आग्रह गरेका छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा आज स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतसँगको भेटमा राष्ट्रपतिले देशका विभिन्न अस्पतालमा उपचार गराइरहेका घाइतेको उपचारमा ध्यान दिन र प्रभावकारी उपचारको व्यवस्था गर्न मन्त्रीलाई आग्रह गरेका छन् । राष्ट्रपतिको सचिवालय।

राष्ट्रपति पौडेलले घाइतेको उपचार प्रक्रियालाई सहज र प्रभावकारी बनाउन सरकारको तर्फबाट हरसम्भव प्रयास गर्नुपर्नेमा जोड दिनुभयो । जाडो शुरु भएसँगै अन्य रोगको प्रकोपको सम्भावना रहेको उल्लेख गर्दै राष्ट्रपतिले त्यसतर्फ स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराए ।

१९१ पटक हेरीएको

सम्बन्धित समाचार