२३ कात्तिक, काठमाडौं । धनुषाको जनकपुरधाममा तीनदिने अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन सुरु भएको छ ।
जनकपुरधामस्थित महेन्द्रनारायण निधि साँस्कृतिक केन्द्रमा बुधबार आयोजित कार्यशालाको उद्घाटन गर्दै स्वामी आनन्द अरुणाले आयुर्वेद उपचार प्रणालीले विश्वमा देखापरेका गम्भीर स्वास्थ्य समस्या समाधानका लागि सहयोगी हुने बताउँदै यसलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने बताए । नेपाल वैदिक धर्म र परम्परासँगै आयुर्वेदका लागि पनि कुमारी भूमि भएको बताउँदै उहाँले नेपालको परम्परागत उपचार पद्धति र अमूल्य जडीबुटीको सदुपयोग गर्न सके मानवसँगै सिङ्गो नेपाल लाभान्वित हुन सक्ने बताउनुभयो । सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को शुभकामना सन्देश पढेर सुनाइएको थियो ।
सम्मेलनमा विश्वका १७ देशका करिब ६०० जना सहभागी छन् । कार्यशालामा आधुनिक चिकित्सा विज्ञानमा आयुर्वेदको महत्व र आयुर्वेद विज्ञानको क्षेत्रमा भइरहेका अनुसन्धान र अनुसन्धानका बारेमा छलफल हुने सम्मेलन संयोजन समितिका संयोजक डा राकेशकुमार सिंहले जानकारी दिए ।
२०६ पटक हेरीएको