१ मंसिर, काठमाडौं । दुबईमा गएराति भएको फुटबल खेलमा नेपाल पराजित भएको छ । संयुक्त अरब इमिरेट्स युएईले नेपाललाई ४–० गोलले पराजित गरेको छ । ती सबै गोल हाफ टाइमअघि भएका थिए। यो खेल फिफा विश्वकप छनोटको दोस्रो चरणको पहिलो खेल थियो। खेल नेपाली समय अनुसार राति ९ः३० बजे सुरु भएको थियो ।
नेपालले अब आफ्नो घरेलु मैदानमा नोभेम्बर २१ मा यमनसँग दोस्रो खेल खेल्दैछ । खेल साँझ ७ बजे दशरथ रंगशालामा सुरु हुनेछ ।
१३८ पटक हेरीएको