मुख्य समाचार

गुरुनानक जयन्तीको अवसरमा राष्ट्रपति पौडेलको शुभकामना

गुरुनानक जयन्तीको अवसरमा राष्ट्रपति पौडेलको शुभकामना

११ मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले समाज सुधारक तथा धर्मगुरु ‘गुरु नानक’ ले जातीय विभेद र अन्धविश्वास र कुप्रथाविरुद्ध जनतालाई सचेत गराउन खेलेको भूमिका सदैव स्मरणीय रहने बताउनुभयो ।

गुरु नानकको जन्मजयन्तीको सम्झनामा नेपाली महिनाको कार्तिक महिनामा हरेक पूर्णिमाका दिन शिखहरूले गुरु नानक जयन्ती मनाउने गर्छन्। गुरु नानकको ५५५ औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण शिख दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । राष्ट्रपति पौडेलले गुरु नानकले स्थापित सामाजिक न्यायको सिद्धान्तलाई पालना गरेपछि नै हाम्रो समाजमा आपसी सद्भाव, भ्रातृत्व, सहिष्णुता, सामाजिक न्याय र राष्ट्रियताको विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

गुरुनानक जयन्तीले समाजमा व्याप्त सबै प्रकारका विकृति र संक्षेपको अन्त्य गरी सामाजिक न्याय, समानता र भाइचारा कायम गर्न सबैलाई प्रेरणा दिनेछ ।

१७५ पटक हेरीएको

सम्बन्धित समाचार