समाचार

रुसी सेनामा कार्यरत ६ नेपालीको मृत्यु भएको सरकारको पुष्टि

रुसी सेनामा कार्यरत ६ नेपालीको मृत्यु भएको सरकारको पुष्टि

१९ मंसिर, काठमाडौं । रुसी सेनामा कार्यरत ६ नेपालीको मृत्यु भएको सरकारले पुष्टि गरेको छ । रसिया सरकारलाई शवहरू तुरुन्तै उनीहरूको घरमा पठाउन र शोक सन्तप्त परिवारलाई क्षतिपूर्ति सुनिश्चित गर्न आग्रह गरिएको छ।

परराष्ट्र मन्त्रालयले सोमबार एक प्रेस नोट जारी गर्दै मृतकको सनाखत गरेको हो । सरकारले रुसलाई आफ्नो सेनामा नेपाली नागरिक भर्ती नगर्न र कोही सेवारत रहेमा नेपाल फर्काउन आग्रह गरेको छ । यसअघि सरकारले भदौ १ गते विज्ञप्ति जारी गर्दै लामो समयदेखिको सम्झौता बमोजिम केही मित्र राष्ट्रको राष्ट्रिय सेनामा नेपाली नागरिकलाई विदेशी सेनामा भर्ना गर्न स्वीकृति दिने नीति नरहेको जनाएको थियो । मन्त्रालयका अनुसार रुसी सेनामा कार्यरत ६ जना नेपाली नागरिकको मृत्यु भएको जानकारी प्राप्त भएको छ । सरकारले मृतकप्रति श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । रुसी सेनामा कार्यरत नेपालीमा गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रुपक कार्की, कास्कीका दिवान राई, स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोका र इलामका गंगाराज मोक्तान रहेका छन् । यस्तै, युक्रेनमा बन्धक बनाएका विवेक खत्रीलाई स्वदेश फर्काउन कूटनीतिक पहल भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले सरकारी काम, रुसी छात्रवृत्तिमा अध्ययन र व्यवसाय बाहेक अन्य कारणले रुस जाँदै गर्दा परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागबाट जारी हुने स्वीकृति पत्र प्राप्त गर्न मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले द्वन्द्वपीडित राष्ट्रको सैनिक सेवामा गलत सूचना वा अरुको प्रलोभनमा भर्ती नगर्न पनि नेपालीलाई आग्रह गरेको छ ।

२०७ पटक हेरीएको

सम्बन्धित समाचार