२० मंसिर, काठमाडौं । अवैध सुनको कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले आज काठमाडौंको न्यूरोडबाट एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेका कैलाली जिल्लाका र हाल काठमाडौं नागार्जुन बस्ने पदम पाण्डेबाट प्रहरीले सुनको बिस्कुट र गरगहना समेत बरामद गरेको छ ।सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध महाशाखाको टोलीले पाण्डेको कारखानामा छापा मारेर उनलाई पक्राउ गरी सुनका बिस्कुट तथा गरगहना बरामद गरेको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । बरामद सुनको तौल भइरहेको उनले बताए ।
बरामद गरेको सुनको परिमाण भने प्रहरीले खुलाएको छैन । केही सुन बिस्कुटका रुपमा र केही सुन गहनाका रुपमा बरामद भएको उनले बताए ।
१४७ पटक हेरीएको