२३ पौष, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक दशमलव ३ किलो अवैध सुन बरामद गरेको छ ।
फ्लाई दुबईको एफजेड ५७३ नंको फ्लाइटबाट आज बिहान १ बजे टिआईए आएका ५४ वर्षीय श्रीलंकाली नागरिक कान्थिमाथी काभास्करलाई सुनसहित पक्राउ गरिएको त्रिआयाका सुरक्षा प्रमुख प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले जानकारी दिए ।
उनको भित्री लुगामा तस्कर गरि ल्याइएको सुन लुकाइएको थियो। घटनाको थप अनुसन्धान भइरहेको छ ।
१८६ पटक हेरीएको