समाचार

बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर लामिछानेलाई आज जेल सजाय हुने

बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर लामिछानेलाई आज जेल सजाय हुने

२५ पौष, काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आज जेल सजाय हुने भएको छ ।

लामिछानेलाई कैद, जरिवाना र क्षतिपूर्तिको फैसला जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालको इजलासले गर्नेछ । फौजदारी अपराध दण्ड निर्धारण र प्रवर्तन ऐनले सजाय तोक्ने अन्तिम मितिको रूपमा आज निर्धारण गर्दछ। तीन वर्ष वा सोभन्दा बढी कैद हुने मुद्दामा दुवै पक्षको बहस सुनी सकेपछि कसुर निर्धारण गर्ने व्यवस्था गरिएको छ ।

गौशाला–२६ का पीडितले सन्दीपविरुद्ध २०७९ सालमा गौशाला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

१६७ पटक हेरीएको

सम्बन्धित समाचार