वाग्मती

रामबहादुर बम्जनको घरबाट तीन करोडभन्दा बढी बरामद

रामबहादुर बम्जनको घरबाट तीन करोडभन्दा बढी बरामद

२५ पौष, काठमाडौं । हत्या, अपहरण र यौन हिंसाको आरोपमा मंगलबार काठमाडौंबाट पक्राउ परेका ‘तपस्वी’ रामबहादुर बम्जनको घरबाट रु तीन करोडभन्दा बढी बरामद भएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काठमाडौंको बुढानीलकण्ठस्थित रामबहादुर बम्जनको घरबाट ३३ करोड ७५ लाख रुपैयाँ नगद बरामद गरेको जनाएको छ । बम्जनलाई मंगलबार साँझ पक्राउ गरेपछि घरमा खोजतलास गर्दा उक्त रकम फेला परेको सिआइबीका प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले जानकारी दिए । एआईजी बज्राचार्यले भने, ‘नगदसँगै ल्यापटप, १५ थान मोबाइल र ३५ थान पेनड्राइभसहित १६ देशका मुद्रा पनि बरामद भएको छ ।

आज जिल्ला अदालतबाट अनुसन्धानका लागि समय लिने तयारी भइरहेको एआईजी बज्राचार्यले बताए । लिटिल बुद्ध भनेर चिनिने तपस्वी बमजनलाई मंगलबार साँझ हात्तीगौडाबाट पक्राउ गरिएको हो । बम्जन चार वर्षदेखि सीआईबीको वान्टेड लिस्टमा थिए। प्रहरीले बमजनलाई उनका चेला हत्या, बलात्कार र बेपत्ता मुद्दामा खोजी थालेको छ । प्रहरीको नजरमा उनी २०२० देखि फरार छन् । बमजन विरुद्ध जिल्ला अदालत, सर्लाहीले यौन दुव्र्यवहारको कसुरमा २०२० फेब्रुअरी २ गते पक्राउ पुर्जी जारी गरेको थियो ।अनुसन्धान प्रक्रिया अनुसार पक्राउ पुर्जी जारी भएपछि उनलाई पक्राउ गरी कारबाही गर्ने काम प्रहरीको थियो । उनको बयान, तर उनी फरार भएपछि सम्भव भएन। ‘अब उहाँबाट बयान लिने प्रक्रिया सुरु हुन्छ,’ एक अधिकारीले भने ।

२०२१ फेब्रुअरी ६ मा उनलाई आफ्ना अनुयायीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले उनलाई उनको आश्रमबाट पक्राउ गर्ने प्रयास गरेको थियो । बारा जिल्लाको निजगढ नगरपालिका–१२ का तपस्वी बम्जनलाई जिल्ला अदालत सर्लाहीको आदेशबमोजिम पक्राउ गर्न प्रहरी टोली सिन्धुलीस्थित आश्रममा पुग्दा भेटिएन । बम्जनलाई विभिन्न जिल्लाका आश्रममा रहेका संचलाल वाइबा, फुलमाया रुम्बा, कर्मा वाइबालगायतका अनुयायी बेपत्ता र आश्रमभित्रै बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोप लागेपछि चार वर्षदेखि प्रहरीले खोजी गरिरहेको थियो । त्यही क्रममा सिन्धुपाल्चोकस्थित बम्जनको आश्रममा पुगेर सिन्धुपाल्चोकमा रहेको सिआइबीको टोलीले हत्या गरी गाडिएको आशंकामा एक व्यक्तिको शव खोज्ने क्रममा खाल्डोमा नुनको प्याकेट फेला पारेको थियो ।

१७८ पटक हेरीएको

सम्बन्धित समाचार