१ माघ, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी आज (माघ १) देखि काठमाडौंमा नियमित आपूर्ति हुने भएको छ । यसअघि सन् २०२१ मा बाढीको क्षतिका कारण आपूर्ति अवरुद्ध भएको थियो। प्रभावित क्षेत्रमा आवश्यक मर्मत गरेपछि बुधबार साँझदेखि मेलम्चीको पानी काठमाडौं सार्ने कार्यतालिका सुरु भएको छ ।
मेलम्ची खानेपानी आयोजनाका वरिष्ठ डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले दिएको जानकारी अनुसार मेलम्ची खानेपानी विकास समिति र सिनो हाइड्रो कर्पोरेसनबीच चार दिनभित्र मेलम्चीको पानी काठमाडौं सार्न सहमति भएको छ । “क्षति सम्बोधन गर्दै बुधबारदेखि मेलम्चीको पानी झण्डै २७ किलोमिटरको दुरीमा काठमाडौं सारिनेछ । प्रारम्भिक २८ दिने योजना भए पनि खानेपानी हस्तान्तरणको काम सुरु भएको र २१ दिनमा मेलम्चीको पानी हेलम्बुबाट सुन्दरीजलमा सफलतापूर्वक सारिएको उनले बताए । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले माघ १ गतेदेखि काठमाडौंवासीलाई मेलम्चीको पानी वितरण गर्ने तयारी गरेको जनाएको छ । मेलम्ची खानेपानी विकास समितिका आयोजना निर्देशक जक्की अहमद अन्सारीले मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौंमा आपूर्ति हुने जानकारी दिनुभयो । आयोजनाले अम्बाथान गेट नम्बर २१, वाटर ट्रान्सफर गेट नम्बर ९ र गेट नम्बर १ को मर्मतसम्भार पूरा गरिसकेको छ ।काठमाडौंका लागि बुधबार साँझबाट पानी हस्तान्तरणको काम सुरु भएको वरिष्ठ डिभिजनल इन्जिनियरले जानकारी दिए । निर्माण कम्पनीले क्षतिग्रस्त संरचना मर्मतका लागि ४५ भन्दा बढी कामदार र अत्यावश्यक मेसिनरी काम गरेको अन्सारीले बताए ।
मन्त्री महेन्द्र राय यादवले पनि पुस मसान्तसम्म मेलम्चीको पानी काठमाडौं ल्याउने घोषणा गरेका छन् । मन्त्री यादवले स्थलगत मूल्याङ्कनका लागि तीन पटक स्थलगत निरीक्षण गरेका थिए ।
१६७ पटक हेरीएको