रोजगार

प्राविधिक मर्मतसम्भारपछि निगमको वाइडबडी उडान सुचारु

प्राविधिक मर्मतसम्भारपछि निगमको वाइडबडी उडान सुचारु

५ माघ, काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज मर्मतसम्भारपछि नियमित उडानमा आएको छ ।

गत सोमबारदेखि उडान अवरुद्ध भएपनि आवश्यक प्राविधिक मर्मतपछि बिहीबारबाट उडान सुचारु भएको थियो । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार फ्लाइट कन्ट्रोल सेन्सरमा समस्या आएपछि विमान ग्राउन्ड गरिएको हो । विमानका आवश्यक पार्टपुर्जा बेलायतबाट ल्याइएको थियो । बिहीबार दिउँसो ४ बजे २६७ यात्रु बोकेर विमान दुबईका लागि प्रस्थान गरेको थियो ।निगमसँग अन्तर्राष्ट्रिय हवाई सेवाका लागि दुई न्यारो बडी र दुई वाइड बडी विमान छन् । एउटा न्यारो बडी विमान हालसालै मर्मतका लागि इजरायल पठाइएको बताइएको छ।

१५३ पटक हेरीएको

सम्बन्धित समाचार