मुख्य समाचार

बाढीपीडितका माग सम्बोधन गरिने : मन्त्री बस्नेत

बाढीपीडितका माग सम्बोधन गरिने : मन्त्री बस्नेत

७ माघ, काठमाडौं । मेलम्ची बाढीपीडित संघर्ष समितिले आफ्ना मागप्रति सरकारको ध्यानाकर्षण गराएको छ । समितिले शनिबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसमक्ष १७ बुँदे माग बुझाएको हो ।

मेलम्ची आयोजना प्रभावित र बाढीपीडितले नदी नियन्त्रणका लागि तटबन्ध निर्माण गर्न, जोखिममा परेका बस्तीलाई सहयोग गर्न, मेलम्चीको बाढीअघि लिएको बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण मिनाहा गर्नुपर्ने, बाढीमा परी सदस्य गुमाउने परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन् । साथै रु. नयाँ घर निर्माणका लागि २० लाख अनुदान । स्थानीयको माग पूरा नगरी मेलम्ची खोलाको पानी काठमाडौं लैजान नसकिने समितिका सदस्यहरुले जोड दिए । ज्ञापनपत्र बुझाउँदै समितिका अध्यक्ष पासाङ लामाले समितिको माग हेलम्बुवासीको अधिकार भएको बताए । समितिका सचिव छिरिङ्याल्बो ह्योल्मोले मागहरू मन्त्रिपरिषद्मा लैजान मन्त्री बस्नेतलाई आग्रह गरे ।

सो अवसरमा मन्त्री बस्नेतले उक्त मागलाई मन्त्रिपरिषद्मा लैजाने र प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरे । उनले हेलम्बुका नागरिकको अधिकार स्थापित गरी पहल गरिने बताए ।

१६२ पटक हेरीएको

सम्बन्धित समाचार