वाग्मती

कामपाले न्यूरोड क्षेत्रका सडक छेउमा पार्किङ गर्न निषेध गर्ने

कामपाले न्यूरोड क्षेत्रका सडक छेउमा पार्किङ गर्न निषेध गर्ने

९ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले मंगलबारदेखि न्यूरोड क्षेत्रका कालोपत्री सडकमा सवारीसाधन पार्किङमा रोक लगाउने भएको छ ।

हालको पार्किङ सुविधाको विकल्पका रूपमा कामपाले काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने जनाएको छ । काठमाडौं टावरमा तीन सय चारपाङ्ग्रे र सात सय दुईपाङ्ग्रे सवारीसाधन पार्क गर्न सकिने कामपा नगरपालिकाका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । नयाँ प्रावधानले यस क्षेत्रमा यातायात सहज हुने अपेक्षा गरिएको छ। धर्मपथ, इन्द्रचोक, खिचापोखरी, महाबौद्ध र वीर अस्पताल वरपरका कालोपत्र सडकमा पार्किङ गर्न निषेध गरिने उनले बताए । यसअघि झोँचे क्षेत्रमा पनि कामपाले यस्तै सवारी पार्किङमा रोक लगाएको थियो ।

१८५ पटक हेरीएको

सम्बन्धित समाचार