मुख्य समाचार

अर्थतन्त्र सामान्य अवस्थामा फर्किएको छ : मन्त्री महत

अर्थतन्त्र सामान्य अवस्थामा फर्किएको छ : मन्त्री महत

९ माघ, काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले राष्ट्रिय अर्थतन्त्र क्रमशः सामान्य अवस्थामा फर्किएको बताउनुभएको छ । बाराको महागढीमाई नगरपालिकाको नयाँ भवनको सोमबार उद्घाटन गर्दै मन्त्री महतले आफूले पदभार ग्रहण गर्दा मुलुकको अर्थतन्त्र खस्किँदै गएको तर अहिले सुधार भइरहेको बताए ।

महतले नेपाल र भारतसँग सीमा जोडिएको बारा जिल्लाका केही नाका खोल्ने विषयमा नेपाल र भारत दुवैका अधिकारीसँग वार्ता गर्ने आश्वासन दिएका छन् । निजगढ विमानस्थलका लागि लगानी आकर्षित गर्ने प्रयासलाई तीव्रता दिइएको भन्दै मन्त्रीले विमानस्थल निर्माणमा शंका नगर्न सबैलाई आग्रह गरे । सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना अन्तिम चरणमा रहेको जानकारी दिँदै उनले आयोजना सम्पन्न भएपछि मधेसका धेरै जिल्लामा सिँचाइ सुविधा पुग्ने विश्वास व्यक्त गरे । महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया, नेपाली कांग्रेसका मधेस प्रदेश उपसभापति चन्द्रशेखरकुमार यादव, सांसद लगायतको उपस्थिति रहेको थियो ।

यसैबीच, मन्त्री महतले जिल्लाको सिम्रौनगढमा रहेको भन्सार कार्यालय छोटी भन्सारको निरीक्षण गर्दै छिट्टै भन्सार नाका खोल्ने प्रतिबद्धता जनाएका छन् । उनले सोमबार जिल्लाको स्वर्ण गाउँपालिकामा रहेको साँफुलावा नाकाको समेत निरीक्षण गरेका थिए ।

१३२ पटक हेरीएको

सम्बन्धित समाचार