११ माघ, काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले घरजग्गा, शेयर बजारलगायत अनुत्पादक क्षेत्रमा बढी लगानीले मुलुकको अर्थतन्त्रमा चुनौती सिर्जना गरेको बताउनुभएको छ ।
राष्ट्रिय वाणिज्य बैंकको ५९औँ वार्षिकोत्सवका अवसरमा मंगलबार यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्रीले अब हाम्रो ध्यान उत्पादनशील र नाफामूलक क्षेत्रमा केन्द्रित हुनुपर्ने बताए । तर, अर्थतन्त्रका परिसूचकहरू क्रमशः सकारात्मक हुँदै गएको र लगानीकर्ताको मनोबल पनि बढेको उनले बताए । ‘विगतमा बैंकबाट आएको लगानी सही ठाउँमा हुन सकेको छैन । सेयर बजार र घरजग्गामा ठूलो लगानी भयो । त्यसबेला ऋण लिनेहरू अहिले समस्यामा छन्,’ डा महतले भने । अर्थमन्त्रीले घर जग्गा मुल्यांकन गरेर ऋण दिनुको सट्टा आफ्नो आयोजनालाई धितोमा लिएर विपन्नलाई ऋण उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरे । सरकारी स्वामित्वको बैंक भएकाले आरबीबीले अपेक्षाअनुरुप प्रगति गर्न नसकेको डा महतले बताए । “यो बैंकको वास्तविक स्थिति होइन। यो राष्ट्रको नामको रूपमा देखा पर्न सकेन। राज्यको स्वामित्वमा रहेको १ बैंक। बैंकको व्यवस्थापन र अधिकारीको कारणले हुन सकेको छैन,’ उनले भने ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशको अर्थतन्त्रमा राम्रो प्रगति भएको बताउँदै बाह्य पक्षमा सुधार आएको र बैंक तथा वित्तीय संस्थामा कर्जा असुलीमा केही चुनौति बाहेक अन्य समस्या नरहेको बताए । त्यस्तै आरबीबीका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले प्राथमिकताका क्षेत्रमा लगानी गरेर आगामी दिनमा थप प्रतिस्पर्धी बन्ने बताए । सरकारी स्वामित्वको आरबीबीसँग गत आर्थिक वर्षसम्म १५ अर्ब ६३ करोड रुपैयाँभन्दा बढी जारी तथा चुक्ता पुँजी रहेको छ ।
गत आर्थिक वर्षमा बैंकको पुँजी ५० अर्ब ७४ करोड रुपैयाँ र निष्क्रिय कर्जा (एनपीएल) अनुपात ३ दशमलव ७७ प्रतिशत रहेको छ । बैंक निक्षेपकर्ताको संख्या ४ करोड ४० लाख बढी छ ।
१८७ पटक हेरीएको