१२ माघ, काठमाडौं । राहुल महरालाई अनुसन्धानका लागि थुनामा राख्न जिल्ला अदालत काठमाडौंको आदेशलाई उच्च अदालत पाटनले सदर गरेको छ ।
न्यायाधीश अञ्जु उप्रेती ढकाल र दीपेन्द्र अधिकारीको संयुक्त इजलासले बिहीबार जिल्ला अदालत काठमाडौंको फैसला सदर गरेको हो । सुन घोटाला प्रकरणमा नेकपा (माओवादी)का नेता कृष्णप्रसाद महराका छोरा राहुल महरा हिरासतमा छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले राहुललाई घोटालामा संलग्न भएको आरोपमा पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौंले राहुललाई धरौटीमा रिहा गर्न अस्वीकार गर्दै थुनामा राख्न आदेश दिएको थियो ।
जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध राहुल उच्च अदालत पुगेका थिए तर बेपत्ता भएका थिए ।
१३६ पटक हेरीएको