१६ माघ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र गणतन्त्रको मर्म आत्मसात गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षालाई व्यवहारमा उतार्न पहल गरिएपछि मात्रै शहीदप्रति सम्मानको परिकल्पना हुने बताउनुभयो ।
शहीद दिवस, २०८० को अवसरमा सन्देश दिँदै उहाँले शहीदको सपना साकार पार्न आफ्नो पक्षबाट इमानदारीपूर्वक उल्लेखनीय भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रपति पौडेलले शहीदको समर्पणबाट मुलुकले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको बताए । संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहित असहायलाई न्याय र आयआर्जन गर्ने लक्ष्य राखेको छ ।
सो अवसरमा राष्ट्रपति पौडेलले नागरिक स्वतन्त्रता, लोकतन्त्र स्थापना र राष्ट्रियताको रक्षाका लागि जीवन समर्पण गर्ने चार शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलगायत ज्ञात–अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
१६४ पटक हेरीएको