मुख्य समाचार

एनसेलको शेयर बेचबिखन छानबिन गर्न गठित छानबिन समितिले प्रतिवेदन बुझायो

एनसेलको शेयर बेचबिखन छानबिन गर्न गठित छानबिन समितिले प्रतिवेदन बुझायो

१६ माघ, काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदबिक्रीबारे अध्ययन गर्न गठित छानबिन समितिले सोमबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष प्रतिवेदन बुझाएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको उपस्थितिमा समितिका संयोजक टंकमणि शर्मा दङ्गालले प्रतिवेदन बुझाएका हुन् । सरकारले एनसेलको शेयर बिक्री तथा खरिद निर्णय, राजस्व र वैदेशिक लगानीमा पर्न सक्ने सम्भावित असरबारे प्रचलित कानुनको पालना नभएको विषयमा छानबिन गर्न गत मङ्सिर ७ गते पूर्व महालेखा परीक्षक शर्माको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र आइक्यानका अध्यक्ष सुजनकुमार काफ्लेले सदस्य थिए । ।

छानबिन समितिलाई प्रतिवेदन बुझाउन एक महिनाको समय दिइएको भए पनि समितिले समयसीमाभित्र काम पूरा गर्न नसकेपछि म्याद थप गरिएको हो ।

२२२ पटक हेरीएको

सम्बन्धित समाचार