१९ माघ, काठमाडौं । जिल्ला अदालत काठमाडौंले बाँसबारी छाला जुत्ता उद्योगका तत्कालीन कार्यकारी निर्देशक अरुण चौधरी र तत्कालीन कार्यकारी प्रमुख अजितमानसिंह थापालाई चार दिन हिरासतमा राख्न नेपाल प्रहरीलाई अनुमति दिएको छ । उनीहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बिहीबार पक्राउ गरेको हो ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि थुनामा राख्न आदेश दिएको अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए । कारखानाको १० रोपनी जग्गा हिनामिना गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो ।
चौधरीलाई लैनचौरबाट र थापालाई काठमाडौंको बत्तीसपुतलीबाट पक्राउ गरिएको हो ।
१६२ पटक हेरीएको