२१ माघ, काठमाडौं । सरकारले ५ हजार ७ सय ६३ मेगावाट क्षमताका २० जलविद्युत् आयोजनाको अध्ययन अघि बढाएको छ ।
विद्युत विकास विभागले १०० मेगावाट क्षमताका आठ वटा आयोजनाको अध्ययन गरिरहेको छ । त्यसैगरी १०० मेगावाटभन्दा कम क्षमताका अन्य १२ आयोजनाको पनि अध्ययन भइरहेको छ । योजना अनुसार काम भएमा सरकारले अध्ययन गरिएका आयोजनाहरुको विकासलाई अगाडि बढाउने तयारी गरेको छ । विभागले १ हजार ७२० मेगावाट क्षमताको खिम्ती ती शिवालय जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन पनि गरिरहेको छ । साथै कालीगण्डकी नदीमा ८ सय ४४ मेगावाट क्षमताको कालीगण्डकी बहुउद्देश्यीय आयोजनाको अध्ययनको काम पनि अधिकारीहरुले गरिरहेका छन् ।
त्यस्तै बुर्बाङ जलविद्युत् आयोजना, कोखाजोर जलाशययुक्त आयोजना, हुम्ला कर्णाली क्यास्केड, कालीगण्डकी–२, तल्लो बडिगाड आयोजना र मुगु कर्णाली जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन अन्तिम चरणमा पुगेको छ ।
७६ पटक हेरीएको