मधेस

सडक दुर्घटनामा दुई जनाको मृत्यु, एक गम्भीर घाइते

सडक दुर्घटनामा दुई जनाको मृत्यु, एक गम्भीर घाइते

२२ फागुन, काठमाडौं । महोत्तरी जिल्लाको मटिहानी जनकपुर सडकखण्डमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

आइतबार साँझ भएको दुर्घटनामा महोत्तरीको पिपरा गाउँपालिका–५ का ६० वर्षीय अकबर रायन र धनुषा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका–१ का ६० वर्षीय राजकिशोर यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ताले जानकारी दिए । महोत्तरी, प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरी। महोत्तरीको पिपरा गाउँपालिका–१ स्थित सडकखण्डमा भारतीय नम्बरको बीआर ०६ पीडी ३३३० नं को जीपले मधेश प्रदेश ०१ त ३००९ नम्बरको ट्याक्टरलाई ठक्कर दिँदा दुर्घटना भएको हो । अकबर ट्याक्टरमा यात्रा गरिरहेका थिए । त्यसैगरी ट्याक्टरलाई ठक्कर दिएर भाग्न खोज्दा जीपले सवार साइकललाई ठक्कर दिँदा राजकिशोरको मृत्यु भएको हो । प्रहरीका अनुसार ट्याक्टरमा सवार पिपरा गाउँपालिका–५ का ६० वर्षीय झाप्सी कावाडी पनि गम्भीर घाइते भएका छन् । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।

अर्कोतर्फ मटिहानी नगरपालिका–४ मा जीप पनि दुर्घटनापछि भाग्न खोज्दा सडक छेउमा पल्टिएको छ । तर जीप चालक भने फरार छन् ।

२१७ पटक हेरीएको

सम्बन्धित समाचार