रोल्पा, त्रिवेणी गाउँपालिकाले गाउँपालिकाभित्रका प्रहरी चौकीका नयाँ इन्चार्जहरूलाई स्वागत गर्नुका साथै शान्ति–सुरक्षासम्बन्धी महत्वपूर्ण निर्णय गरेको छ।
गाउँपालिका अध्यक्ष कर्णबहादुर बाठा मगर , उपाध्यक्ष लेखमनी डाँगी, निमित्त प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर बुढा, वडा नं. २ का अध्यक्ष कविराज बुढा र वडा नं. ५ का अध्यक्ष कृष्णबहादुर केसीले सहभागी प्रहरी इन्चार्जहरूलाई स्वागत गरेका थिए।
जुगार प्रहरी चौकीका इन्चार्ज नरसिङ खत्री, नुवागाउँ प्रहरी चौकीका इन्चार्ज मोहनप्रसाद दाहाल र कोइला अस्थायी प्रहरी पोष्टका इन्चार्ज टेकवीर विश्वकर्मालाई औपचारिक रूपमा स्वागत गरिएको हो।
बैठकले त्रिवेणी गाउँपालिका र गाउँपालिकाअन्तर्गतका प्रहरी चौकीबीच आपसी समन्वय, सहकार्य र साझेदारीमार्फत शान्ति–सुरक्षा, अमन–चयन तथा अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन निर्णय गरेको छ।
५३६ पटक हेरीएको
टेक मगर