मुख्य समाचार

रुकुम पश्चिममा करेन्ट लागेर युवकको मृत्यु

रुकुम पश्चिममा करेन्ट लागेर युवकको मृत्यु

रुकुम पश्चिम — रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–२ मा करेन्ट लाग्दा एक युवकको ज्यान गएको छ। शुक्रबार दिउँसो करिब १ बजे इन्टरनेटको तार जडान गर्ने क्रममा २२ वर्षीय प्रकाश थापा करेन्ट लागेर गम्भीर घाइते भएका थिए।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आठबीसकोट–३ हरीबिसौनामा काम गरिरहेका थापालाई इन्टरनेटको तार जोड्ने क्रममा बिजुलीको तारमा छोइएपछि करेन्ट लागेको हो। गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल सल्ले लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

२९६ पटक हेरीएको

सम्बन्धित समाचार