मुख्य समाचार

रामकुमारी झाँक्री र कृष्णकुमार श्रेष्ठ चार वर्षपछि पुनः एमालेमा फर्किए

रामकुमारी झाँक्री र कृष्णकुमार श्रेष्ठ चार वर्षपछि पुनः एमालेमा फर्किए

काठमाडौँ । चार वर्षअघिको विभाजनपछि नेकपा (एमाले) छोडेका नेतृ रामकुमारी झाँक्री र नेता कृष्णकुमार श्रेष्ठ (किसान) पुनः एमालेमा फर्किएका छन् ।

२०७८ सालमा एमाले विभाजन हुँदा उनीहरू नेकपा (एकीकृत समाजवादी) पक्षतिर गएका थिए । तर, पछिल्लो राजनीतिक घटनाक्रमपछि उनीहरूले पुनः पुरानो पार्टी रोजेका हुन् ।

सोमबार काठमाडौँको राष्ट्रिय सभा गृहमा आयोजित ‘घर फर्क राष्ट्रिय अभियान’ अन्तर्गत झाँक्री र श्रेष्ठसहितका नेताहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले औपचारिक स्वागत गरेका हुन् ।

कार्यक्रममा अध्यक्ष ओलीले झाँक्री र श्रेष्ठलाई एमालेको चुनाव चिह्न सूर्य प्रदान गरे भने उनीहरूले कलम चिह्न अध्यक्ष ओलीलाई हस्तान्तरण गरेका थिए — जुन एक प्रतीकात्मक रुपमा पुरानो घर फर्किएको सन्देशको रूपमा लिइएको छ ।

त्यस अवसरमा गम्भीरलाल श्रेष्ठ, पिताम्बर तिमिल्सिना, राजाराम स्याङतान, ववि चाम्लिङ, ध्रुव विष्ट, नवराज पौडेल, अर्जुन राई, अम्बिका राई, केदार गौतम, सावित्री न्यौपाने, उत्तम श्रेष्ठ र केशव सापकोटा लगायतका नेताहरू पनि एमालेमा प्रवेश गरेका छन् ।

झाँक्री र श्रेष्ठसँगै अन्य नेताहरूको पुनः एमाले प्रवेशलाई एमालेले पार्टी एकता र विस्तारतर्फको सकारात्मक संकेतका रूपमा लिएको छ ।

३७९ पटक हेरीएको

सम्बन्धित समाचार