मुख्य समाचार

रुन्टिगढी–५ का वडाध्यक्ष डाँगी पुनः कार्यकक्ष फर्किए, सरकारी बाइक दुरुपयोग प्रकरणमा विवाद बढ्यो

रुन्टिगढी–५ का वडाध्यक्ष डाँगी पुनः कार्यकक्ष फर्किए, सरकारी बाइक दुरुपयोग प्रकरणमा विवाद बढ्यो

रोल्पा — जेन्जी आन्दोलनको क्रममा पदबाट राजीनामा दिएका रुन्टिगढी गाउँपालिका–५ का वडाध्यक्ष गोविन्द बहादुर डाँगी पुनः कार्यकक्षमा फर्किएका छन्। उनले यसअघि आन्दोलनको चापमा आएको तनाव र कार्यालयमा क्षति नहोस् भन्ने उद्देश्यले राजीनामा दिएको स्पष्टीकरण सार्वजनिक गरेका थिए।

तर राजीनामा दिएर केही दिनमै पुनः कार्यालय फर्किएका डाँगी अहिले फेरि सरकारी सवारीसामग्री दुरुपयोग गरेको आरोपमा विवादमा तानिएका छन्। उनीसँग जिम्मेवारीमा रहेको सरकारी मोटरसाइकल रुन्टिगढी–५ धौलावाङ जाने आरुखुटी सडकखण्डमा बेवारिसे अवस्थामा भेटिएको थियो। मोटरसाइकल तोडफोड भएको अवस्थामा फेला परेको दृश्य सामाजिक सञ्जालमा व्यापक रूपमा आलोचित भयो।

सोही आलोचना तीव्र बनेपछि वडाध्यक्ष डाँगीले सामाजिक सञ्जालमार्फत अबदेखि आफू सरकारी गाडी नचढ्ने घोषणा गरेका छन्। तर जेन्जी आन्दोलनका बेला आफू आन्दोलनको पक्षमा रहेको देखाएर राजीनामा दिँदै जनमत बनाउने प्रयास गरेको र पछि फेरि पदमा फर्किएको भन्दै स्थानीयबासीले उनको व्यवहारप्रति प्रश्न उठाएका छन्।

सरकारी सम्पत्ति सुरक्षित राख्ने भन्दै राजीनामा दिए पनि पुनः सरकारी बाइक दुरुपयोग प्रकरणमा मुछिएको घटनाले वडाध्यक्षको विश्वसनीयतामाथि थप शंका उत्पन्न भएको जनताको प्रतिक्रिया छ।

८३५ पटक हेरीएको

सम्बन्धित समाचार