मुख्य समाचार

इन्द्र–मै–दल अक्षयकोषबाट ५१ विद्यार्थीलाई छात्रवृत्ति वितरण

इन्द्र–मै–दल अक्षयकोषबाट ५१ विद्यार्थीलाई छात्रवृत्ति वितरण

रोल्पा, त्रिवेणी गाउँपालिका–२ नुवागाउँ, रोल्पास्थित अरनिको माध्यमिक विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्ययनरत ५१ जना जेहेन्दार, विपन्न तथा वार्षिक परीक्षामा उत्कृष्ट अंक ल्याउने छात्र–छात्रालाई इन्द्र–मै–दल अक्षयकोषबाट एक लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिएको छ। विद्यालयमा आयोजित विशेष कार्यक्रममा सो छात्रवृत्ति वितरण गरिएको हो।

अमेरिकाको टेक्सासमा बसोबास गर्दै आएका जिबराज बुढामगर, याशिका बाँठा मगर, त्रिवेणी–२ रोल्पाका अमृतबहादुर बुढामगर र दिपा बुढामगरले आफ्ना स्वर्गीय बुबा/ससुराबुबा इन्द्र बुढामगर, आमा/सासूआमा मैसरी बुढामगर तथा काका/काकाससुरा दलबहादुर बुढामगरको स्मृतिमा २०८० सालमा पाँच लाख रुपैयाँको इन्द्र–मै–दल अक्षयकोष स्थापना गरेका थिए। सोही कोषबाट प्राप्त हुने वार्षिक व्याज विद्यालयका विद्यार्थी लक्षित छात्रवृत्तिमा उपयोग गरिएको हो।

कार्यक्रममा अक्षयकोष स्थापना कर्ता जिबराज बुढामगर र अमृत बहादुर बुढा मगर, विद्यालयका संस्थापक प्रधानाध्यापक कुलानन्द गिरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कबिराज बुढा, प्रधानाध्यापक गणेशकुमार घर्ती मगर लगायतको उपस्थिति थियो। उनीहरूले सामूहिक रूपमा छात्रवृत्ति वितरण गरेका थिए।

प्रधानाध्यापक गणेशकुमार घर्ती मगरले ५१ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न सहयोग गर्ने दाताप्रति कृतज्ञता व्यक्त गर्दै उक्त सहयोगले विद्यालयको शैक्षिक उन्नति तथा विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको बताए। छात्रवृत्तिले विद्यार्थीहरूमा प्रेरणा, उत्साह र अवसर सिर्जना गरेको भन्दै दाता परिवारलाई विशेष धन्यवाद समेत व्यक्त गरे।

२१९ पटक हेरीएको

सम्बन्धित समाचार