मुख्य समाचार

रोल्पामा आफैंलाई गोली हानी एक व्यक्ति घाइते

रोल्पामा आफैंलाई गोली हानी एक व्यक्ति घाइते

रोल्पा, रोल्पाको परिवर्तन गाउँपालिका–५ त्रिवेणीमा एक व्यक्तिले आफैंलाई गोली हानी घाइते भएका छन्।

त्रिवेणीमा पसल सञ्चालन गर्दै आएका ३६ वर्षीय दिलकुमार डाँगीले पौष १७ गते राति आफ्नै भरुवा बन्दुक प्रयोग गरी दाहिने कुमको भागमा गोली हानेका हुन्।

प्रहरीका अनुसार घटनाअघि डाँगीकी श्रीमती जमुना वलीले आफ्नो श्रीमानले भरुवा बन्दुक देखाउँदै “मारिदिन्छु” भनी धम्की दिएको भन्दै घरबाट भागी टेलिफोनमार्फत अस्थायी प्रहरी पोष्ट पुत्लाचौर, रोल्पामा खबर गरेकी थिइन्। सूचना प्राप्त भएपछि प्रहरी टोली तत्काल घटनास्थलतर्फ खटिएको थियो।

प्रहरी टोली पसलको माथिल्लो तल्लामा रहेको सुत्ने कोठामा पुग्दा डाँगी आफैंले दाहिने कुममा गोली हानेको अवस्थामा फेला परेका थिए। घटनास्थल नजिकैबाट भरुवा बन्दुक थान–१ समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

घाइते डाँगीको अवस्था मध्यम रहेको र उनी बोल्न सक्ने अवस्थामा रहेको प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिनुभयो।

घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय घर्तीगाउँ, रोल्पाबाट पाँच जनाको प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ।

२६९ पटक हेरीएको

सम्बन्धित समाचार