रोल्पा, रोल्पाकाे परिवर्तन गाउँपालिका–५, राङकोट लम्जीमा छोटो समयमै लगातार दुई जनाको असामयिक मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ।
स्थानीय सन्तराम ओली पिठो पिस्न गएर फर्किने क्रममा बाटोबाट लडेर खोलामा खस्दा ज्यान गएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घटनाबारे थप विवरण संकलन भइरहेको स्थानीय स्रोतले जनाएको छ।
यसअघि सोही गाउँका भुगोल ओली घरको सिँढीबाट लडेर गम्भीर घाइते भएका थिए। उपचारका लागि दाङको घोराही लगिएकोमा लामो समयसम्म उपचार गर्दा पनि स्वास्थ्य अवस्थामा सुधार नआएपछि यही महिनाको १४ गते उनको मृत्यु भएको थियो।
उक्त घटना सेलाउन नपाउँदै १९ गते पुनः अर्को दुःखद घटना घटेपछि स्थानीय बासिन्दा स्तब्ध बनेका छन्। लगातार भएका दुःखद घटनाले गाउँको जनजीवन प्रभावित भएको छ भने सम्पूर्ण गाउँमा शोकको माहोल छाएको छ।
मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।
३९६ पटक हेरीएको