रोल्पा, रोल्पाको लुङ्ग्री गाउँपालिका–४ धुले ओडारस्थित सुलिचौर– सदक खण्डमा अटो दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार आज बिहान करिब २:५० बजेको समयमा सुलिचौरबाट सिरा तर्फ आउँदै गरेको अटो (लु २–०३–००३५) अचानक अनियन्त्रित भई बाटो किनारामा रहेको पोलमा ठोक्किएको हो।
दुर्घटनामा परी अटो चालक लुङ्ग्री गाउँपालिका–३ पाङ बस्ने वर्ष २५ का जोगमान बस्नेत घाइते भएका छन्। घाइते बस्नेतको शरीरको विभिन्न भागमा चोट लागेको र अवस्था गम्भीर रहेकाले प्रारम्भिक उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ।
घाइते चालकको उपचारमा दाजु खिमलाल बस्नेत संलग्न रहेका छन्। दुर्घटनाको समयमा अटोमा चालक मात्र सवार रहेको, सडक अवरुद्ध नभएको र आवश्यक कागजात साथमा नरहेको प्रहरीले जानकारी दिएको छ।
१४५ पटक हेरीएको
टेक मगर