रोल्पा, रोल्पाबाट प्रतिनिधि सभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ नेकपा (माओवादी) का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’लाई एकल उम्मेदवारका रूपमा सिफारिस गरिएको छ।
पार्टीको जिल्ला कमिटीको पुस २३ गते बसेको बैठकले चन्दलाई सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो। बैठकमा अन्य कुनै नाम प्रस्ताव नआएकाले उहाँको नाम एकल रूपमा सिफारिस गरिएको जिल्ला कमिटीले जनाएको छ।
पार्टीका अनुसार नेत्र विक्रम चन्द ‘विप्लव’ अहिलेसम्म कुनै पनि उच्च लाभको सरकारी पद नलिई निरन्तर रूपमा राजनीतिमार्फत देश सेवामा सक्रिय रहँदै आउनु भएको छ। उहाँ रोल्पाका स्थायी बासिन्दा समेत हुनुहुन्छ।
रोल्पाबाट २०६४ सालदेखि वर्षमान पुन निरन्तर रूपमा प्रतिनिधि सभा सदस्य हुँदै आएको सन्दर्भमा यसपटक नयाँ नेतृत्व र नयाँ विकल्प आवश्यक रहेको निष्कर्षसहित चन्दलाई उम्मेदवार सिफारिस गरिएको पार्टीले बताएको छ।
२९२ पटक हेरीएको