मुख्य समाचार

लालीगुराँस युवा क्लबद्वारा आयोजित एकदिने जनचेतनामूलक सडक नाटक कार्यक्रम सम्पन्न

लालीगुराँस युवा क्लबद्वारा आयोजित एकदिने जनचेतनामूलक सडक नाटक कार्यक्रम सम्पन्न

रोल्पा,  रोल्पाको गाउँपालिका–३ मा लालीगुराँस युवा क्लबद्वारा आयोजित एकदिने जनचेतनामूलक सडक नाटक कार्यक्रम ‘परिवर्तन–३’ सफलतापूर्वक सम्पन्न भएको छ। जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमले स्थानीयवासीको उल्लेखनीय सहभागिता पाएको थियो।

कार्यक्रमको अध्यक्षता लालीगुराँस युवा क्लबका अध्यक्ष हिरालाल खड्का (दाइमन) ले गर्नुभएको थियो भने परिवर्तन गाउँपालिका वडा नं. ३ का अध्यक्ष खिम विक्रम चन्द प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। लुम्बिनी खेलकुद परिषद्का सदस्य दिपेन्द्र कुमार डागी विशेष अतिथिका रूपमा सहभागी रहनुभएको थियो।

कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टी वडा नं. ३ का अध्यक्ष वीरबहादुर के.सी., परिवर्तन गाउँपालिकाका लेखा अधिकृत हरिष डागी, रोल्पा उद्योग वाणिज्य संघका सदस्य प्रेम कुमार बुढा, बागमारा प्रहरी चौकी प्रमुख दुहुना चौधरी, नाटक निर्देशक वीरेन्द्र ओली, थुर्पा सञ्चारका पत्रकार लोकेन्द्र के.सी. तथा जलजला टेलिभिजनका प्रबिन खड्का लगायतको उपस्थिति रहेको थियो।

 

कार्यक्रमको उद्घोषण लालीगुराँस युवा क्लबका सचिव मदन कुमार डाँगीले गर्नुभएको थियो भने स्वागत मन्तव्य सहसचिव खुम के.सी.ले प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको समापन अध्यक्ष हिरालाल खड्काले गर्नुभएको थियो।

आयोजकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य जनचेतनामूलक सडक नाटकको प्रवर्द्धन गर्दै सामाजिक सचेतना फैलाउनु रहेको थियो। सडक नाटकमार्फत समाजमा विद्यमान विभिन्न सामाजिक विकृति, विसङ्गति तथा सकारात्मक परिवर्तनका सन्देश प्रस्तुत गरिएको थियो।

सडक नाटकमा हुकुम बाबु ओली, खुम रिजाल, विकास खड्का, क्रिस्टिना रोका मगर, प्रमिला बुढा मगर, सृष्टि बुढा मगर, नमुना ओली, गङ्गा विश्वकर्मा, सुदर्शन सुनार लगायत कलाकारहरूको अभिनय रहेको थियो। यस अवसरमा कलाकार हुकुम बाबु ओलीले ११७ वटा विभिन्न क्यारेक्टरको प्रभावशाली प्रस्तुति दिनुभएको थियो। साथै प्रतिभा घर्ती मगरद्वारा स्वागत नृत्य प्रस्तुत गरिएको थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष हिरालाल खड्काले लालीगुराँस युवा क्लब २०५५ सालमा विश्वकुमार चन्दको नेतृत्वमा स्थापना भएको जानकारी दिनुभयो। उहाँका अनुसार क्लबले स्थापना कालदेखि नै सामाजिक विकास, युवा परिचालन तथा जनचेतनामूलक कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्दै आइरहेको छ।

स्थानीयवासीहरूले यस्ता कार्यक्रमले समाज रूपान्तरणमा सकारात्मक भूमिका खेल्ने भन्दै आयोजक संस्थाको प्रशंसा गरेका थिए।

२५३ पटक हेरीएको

सम्बन्धित समाचार