मुख्य समाचार

प्रगतिशील टोल विकास संस्था परिवर्तन–२ द्वारा तेस्रो सांस्कृतिक कार्यक्रम सम्पन्न

प्रगतिशील टोल विकास संस्था परिवर्तन–२ द्वारा तेस्रो सांस्कृतिक कार्यक्रम सम्पन्न

रोल्पा, रोल्पाको परिवर्तन गाउँपालिका–२ मा प्रगतिशील टोल विकास संस्थाको आयोजनामा तेस्रो सांस्कृतिक कार्यक्रम माघ १ गते सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता प्रगतिशील टोल विकास संस्थाका अध्यक्ष सुरेन्द्र ओलीले गर्नुभएको थियो भने परिवर्तन गाउँपालिकाका अध्यक्ष सुकबहादुर बुढा प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

कार्यक्रममा परिवर्तन गाउँपालिका–२ का वडा अध्यक्ष हरि प्रसाद बुढा तथा श्री जनसेवा नमुना विद्यालयका प्रधानाध्यापक भीम प्रकाश पुन विशेष अतिथिका रूपमा सहभागी रहनुभएको थियो।

कार्यक्रमको उद्घाटन प्रगतिशील टोल विकास संस्थाका सचिव दिपेन्द्र डाँगीले गर्नुभएको थियो भने समापन संस्थाका अध्यक्ष सुरेन्द्र ओलीले गर्नुभएको थियो।

३०८ पटक हेरीएको

सम्बन्धित समाचार