मुख्य समाचार

रवि लामिछाने गरे विदेशमा बस्ने नेपालीहरूलाई अपील घर परिवारलाई घन्टीमा भोट हाल्न भनिदिनुहोस।

रवि लामिछाने गरे विदेशमा बस्ने नेपालीहरूलाई अपील घर परिवारलाई घन्टीमा भोट हाल्न भनिदिनुहोस।

काठमाडौं ,राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विदेशमा बस्ने नेपाली मतदाताहरूप्रति विशेष अपील गरेका छन्। उनका अनुसार, विदेशमा बसेर देशको अर्थतन्त्रमा योगदान गर्ने नेपालीहरूलाई आफ्नो मतदान अधिकार प्रयोग गर्न नसके पनि उनीहरूले आफ्नो घर परिवार, साथीभाइ, छरछिमेकलाई घन्टी चुनाव चिन्हमा भोट हाल्न आग्रह गरिदिन विदेशमा बस्नेहरूलाई मेरो एउटा अपील भनी अपिल गर्नुभयो ।

विदेशमा बस्नेहरूलाई सम्बोधन गर्दै रवि लामिछानेले भने,,

बिदेश बस्नहरुलाइ मेरो यउटा अपिल हामीलाई थाहा छ, देशमा चुनावको यत्रो अभियान चलिरहदा विदेशमा तपाईँहरूको मन कति इच्छुक भएको छ भन्ने कुरा । हामीलाई थाहा छ, विदेशमा रगत पसिना बगाएर कमाएको पैसा र त्यसबाट पठाएर चलेको देशको अर्थतन्त्र देशमा आफ्नो मतदानको अधिकार नपाउँदा कस्तो हुन्छ भन्ने । बाध्यताले आफ्नो क्षेत्रमा नभएको कारणले मतदातालाई निर्वाचनदेखि अलग गरिनु कदापी देशहितमा छैन हामी गर्ने तयारी गरिरहेका छौँ देशभित्र र विदेशमा जहाँ अस्थायी बसोबास भए पनि आफ्नो स्थायी ठेगाना रहेको क्षेत्रका लागि भोट हाल्न सक्ने व्यवस्था त्यसैले घरमा कुरा हुँदा घन्टीमा भोट गर्न भनिदिनुहोला सम्झाइ राख्नुहोला योपटक देशमा साँच्चै नै केही फरक हुँदैछ तपाईँँ देशभित्र भएर पनि आफ्नो निर्वाचन क्षेत्रमा जान नपाएर र भोट हाल्न नपाउने हुनुभएको छ भने गाउँघरका साथीभाइ आफन्त परिवार सबैलाई घन्टीमा भोट हाल्न भनिदिनुहोस है।

रवि लामिछानेले घन्टी चुनाव चिन्हमा भोट हाल्न अपील गरिरहँदा, यता नेपालमा रहेका मतदाताहरूले भने पुराना दलहरूले उल्लेखनीय काम गर्न नसकेको निष्कर्ष निकाल्दै अबको विकल्प घन्टी नै भएको प्रतिक्रिया दिएका छन्। उनीहरू यसपटक घन्टीमै भोट हालेर देशमा परिवर्तन देख्न चाहेको बताउँछन्।

२०७ पटक हेरीएको

सम्बन्धित समाचार