मुख्य समाचार

नेर्पा स्वास्थ्य चौकीमा बृहत आँखा शिविर सम्पन्न २७२ जनाले सेवा पाए

नेर्पा स्वास्थ्य चौकीमा बृहत आँखा शिविर सम्पन्न २७२ जनाले सेवा पाए

रोल्पा तिलगंगा सर्जिकल आँखा प्रतिष्ठान जिल्ला शाखा रोल्पाको आयोजना, त्रिवेणी गाउँपालिकाको समन्वय र नेर्पा स्वास्थ्य चौकीको सहकार्यमा सञ्चालित एक दिने बृहत आँखा स्वास्थ्य शिविर सोमबार सफलतापूर्वक सम्पन्न भएको छ । शिविरमा २७२ जना सेवाग्राहीले आँखा जाँच, परामर्श, औषधि तथा थप उपचारका लागि सिफारिस जस्ता निःशुल्क सेवाहरू प्राप्त गरेका थिए । नेर्पा स्वास्थ्य चौकी परिसरमा सम्पन्न उक्त शिविरमा तिलगंगा प्रतिष्ठानका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोलीले सेवा प्रदान गरेको थियो । सहभागीहरूले आयोजक र सहयोगी निकायहरूप्रति कृतज्ञता व्यक्त गर्दै यस्ता सेवा ग्रामीण क्षेत्रमा निरन्तर सञ्चालन गर्न आग्रह गरेका छन् । तिलगंगा सर्जिकल आँखा प्रतिष्ठानले रोल्पा जस्ता दुर्गम जिल्लामा आँखा स्वास्थ्य सेवा विस्तार गर्दै आएको छ, जसले स्थानीय रोगीहरूलाई शहर जानु पर्ने झन्झटबाट मुक्ति दिएको छ ।

२२५ पटक हेरीएको

सम्बन्धित समाचार