रोल्पा/ परिवर्तन गाउँपालिकाको एम्बुलेन्स लामो समयदेखि बिग्रिएर प्रयोगविहीन रहँदा स्थानीयले पालिकाको कार्यशैली र एम्बुलेन्स व्यवस्थापनप्रति गम्भीर प्रश्न उठाएका छन्। स्थानीयका अनुसार उक्त एम्बुलेन्स सयपत्री बागमारासँगै एउटै समयमा खरिद गरिएको हो। तर अहिले परिवर्तन गाउँपालिकाको मात्र बिग्रिएको छ भने सयपत्री बागमाराको एम्बुलेन्स सामान्य अवस्थामा सञ्चालन भइरहेको छ।
यस बुझ्न पालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई भेट्न खोज्दा कार्यलय भेटाउने अवसर पाउन सकिएन पछि फोन गर्दा प्रमुख प्रशासकीय अधिकृतले फोन उठाउनु भएन भने अध्यक्षलाई कल गर्दा ठेक्का प्रक्रिया गएको स्विकारर्दै पूर्व अध्यक्षले ठेक्का दिएको कुरा मात्रै बताए। अध्यक्ष कार्यक्रम भएको भन्दै स्पष्ट विवरण दिन सकेनन्।
यसले ठेक्का प्रक्रिया, एम्बुलेन्स व्यवस्थापन र जवाफदेहिता सम्बन्धी गम्भीर प्रश्न उठाएको छ। ठेक्का प्रक्रियाबाट संकलन रकमको प्रयोग, एम्बुलेन्सबाट कति नागरिकले निःशुल्क सेवा पाए, र बिग्रिनुको वास्तविक कारण खुलाउन अझै पालिकाबाट स्पष्ट जवाफ सार्वजनिक भएको छैन।
स्थानीयले एम्बुलेन्स खरिद, व्यवस्थापन र ठेक्का प्रक्रिया सम्बन्धी तथ्य सार्वजनिक गर्न पालिकामा माग जारी राखेका छन्।
३७१ पटक हेरीएको