मुख्य समाचार

त्रिवेणी गाउँपालिकामा एच.पि.भी. (HPV) खोप कार्यक्रम–२०८२ सम्बन्धी पालिका स्तरीय गोष्ठी सम्पन्न

त्रिवेणी गाउँपालिकामा एच.पि.भी. (HPV) खोप कार्यक्रम–२०८२ सम्बन्धी पालिका स्तरीय गोष्ठी सम्पन्न

रोल्पा । त्रिवेणी गाउँपालिकाको आयोजनामा एच.पि.भी. (HPV) खोप कार्यक्रम–२०८२ अन्तर्गत पालिका स्तरीय अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी त्रिवेणी गाउँपालिकाको कार्यालय जुगारमा सम्पन्न भएको छ।
गोष्ठीमा गाउँपालिकाका गाउँ कार्यपालिका सदस्यहरू, पालिकामा कार्यरत विभिन्न शाखा प्रमुखहरू तथा स्वास्थ्य चौकी प्रमुखहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको मुख्य उद्देश्य आगामी आर्थिक वर्ष २०८२ मा सञ्चालन हुने एच.पि.भी. खोप कार्यक्रमलाई प्रभावकारी, समन्वित र सफल बनाउन आवश्यक तयारी गर्नु रहेको थियो।
कार्यक्रममा एच.पि.भी. भाइरसका कारण हुने पाठेघरको मुखको क्यान्सर रोकथाममा खोपको महत्व, लक्षित समूह, खोप सञ्चालन विधि, जनचेतना अभिवृद्धि तथा स्थानीय तहको भूमिकाबारे विस्तृत छलफल गरिएको थियो। साथै खोप कार्यक्रम सञ्चालनका लागि आवश्यक कार्ययोजना, जनशक्ति परिचालन, समन्वय र अनुगमनका विषयमा पनि सहभागीहरूबीच विचार विमर्श गरिएको थियो।
त्रिवेणी गाउँपालिकाले महिला स्वास्थ्यको संरक्षण तथा क्यान्सरजस्ता गम्भीर रोगबाट बचाउन एच.पि.भी. खोप कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेर अघि बढाइरहेको जनाइएको छ। यस किसिमका गोष्ठीहरूले स्थानीय तहमा स्वास्थ्य कार्यक्रमको प्रभावकारिता बढाउने विश्वास व्यक्त गरिएको छ।

गोष्ठीबाट प्राप्त सुझावका आधारमा पालिकास्तरमा स्पष्ट कार्ययोजना तयार गरी आगामी दिनमा खोप कार्यक्रम कार्यान्वयन गरिने स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत पूर्णबहादुर बुढाले बताउनुभएको छ।

२३३ पटक हेरीएको

सम्बन्धित समाचार