मुख्य समाचार

परिवर्तन–२, राङ्सीमा माओवादी कार्यालय

परिवर्तन–२, राङ्सीमा माओवादी कार्यालय

रोल्पाको परिवर्तन गाउँपालिका–२, राङ्सीमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को सम्पर्क कार्यालय स्थापना भएको छ। कार्यक्रममा नेकपा माओवादी रोल्पा जिल्ला सेक्रेटरी पृथ्वी सी प्रमुख अतिथि रहेको थिए भने, नेकपा माओवादी सम्बन्धी विद्यार्थी तथा केन्द्रीय कार्यलय सदस्य यवम निर्वाचन परिचालन समिति राङ्सीका संयोजक अनिल केसी विशेष अतिथिको रूपमा उपस्थित रहेका थिए।

सम्पर्क कार्यालय स्थापना गर्नुको उद्देश्य जनताको माग र मुद्दालाई समाधान गर्नु भएको बताइएको छ। आयोजकका अनुसार, लोकतन्त्रमा जनताको न्याय, मुक्ति र अधिकार सुनिश्चित गर्दै व्यवस्थित ढंगले काम गर्न, जनताको सेवा र सहयोग गर्न, साथै पार्टीका नेता–कार्यकर्ता तथा कार्यकर्तालाई व्यवस्थित रूपमा बसोबास र गतिविधि सञ्चालन गर्न सहज हुन यो कार्यालय स्थापना गरिएको हो। उक्त सम्पर्क कार्यालय राङ्सी क्षेत्रसँगै पोखरा बजारलाई केन्द्र बनाएर सञ्चालन गरिने पनि जानकारी दिइएको छ।

२५७ पटक हेरीएको

सम्बन्धित समाचार