रोल्पा। नेकपा (एमाले) का तर्फबाट रोल्पा जिल्लाबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गोकुल प्रसाद घर्ती मगरले समृद्ध, शिक्षित र आत्मनिर्भर रोल्पा निर्माण गर्ने प्रतिबद्धतासहित जनतामाझ स्पष्ट योजना प्रस्तुत गर्नुभएको छ। उच्च शिक्षा, लामो राजनीतिक अनुभव र नीति निर्माणमा सक्रिय भूमिकाका कारण उहाँ रोल्पामा भरोसायोग्य र सक्षम नेतृत्वका रूपमा जनताको घरदैलोमा प्रस्तुत भैईराख्नुभएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट प्राकृतिक स्रोत तथा वातावरण व्यवस्थापन विषयमा विद्यावारिधि (PhD) गर्नुभएको घर्ती मगर बौद्धिक र व्यवहारिक राजनीति दुवैमा सबल नेताका रूपमा परिचित हुनुहुन्छ। उहाँ २०४६ सालदेखि विद्यार्थी राजनीतिबाट सक्रिय हुँदै नेकपा (एमाले) पोलिटब्यूरो सदस्यसम्म पुग्नुभएको अनुभवी राजनीतिज्ञ हुनुहुन्छ।
संविधान निर्माणको ऐतिहासिक प्रक्रियामा पनि उहाँले संविधानसभा सदस्य तथा संसदीय दलको सचेतकको रूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। साथै, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको पूर्व उपाध्यक्षका रूपमा उहाँले समावेशी विकास र पहिचान संरक्षणका क्षेत्रमा उल्लेखनीय योगदान दिनुभएको छ।
गोकुल प्रसाद घर्ती मगरले आगामी कार्यकालका लागि रोल्पाको समग्र विकासलाई केन्द्रमा राख्दै प्रमुख एजेण्डा अघि सार्नुभएको छ। व्यवसायिक कृषि, आधुनिक सिँचाइ र सडक सञ्जाल विस्तारमार्फत रोल्पालाई आत्मनिर्भर कृषि जिल्लाको रूपमा विकास गर्ने उहाँको योजना छ। साथै, जिल्लामा गुणस्तरीय शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ।
पर्यटन प्रवर्द्धन, ऐतिहासिक सम्पदाको संरक्षण, रोजगारी सिर्जना र सुशासनमार्फत भ्रष्टाचारमुक्त प्रशासन निर्माण गर्ने लक्ष्य उहाँका प्रमुख कार्यक्रमहरूमा रहेका छन्।
“ढुक्कका साथ सूर्यमा छाप” भन्ने सन्देशसहित जनताको घरदैलोमा पुगिरहनुभएका घर्ती मगरले अनुभवी नेतृत्व, स्पष्ट दृष्टि र इमानदार राजनीतिक यात्राका आधारमा रोल्पालाई समृद्धिको बाटोमा अगाडि बढाउने दृढ विश्वास व्यक्त गर्नुभएको छ।
रोल्पावासीहरूका लागि अब विकास, स्थायित्व र सुशासनको विकल्पका रूपमा गोकुल प्रसाद घर्ती मगरप्रति जनसमर्थन झन् बलियो बन्दै गएको नेकपा एमालेलजिल्ला कमिटीका अध्यक्ष अमृत बहादुर बुढाले बताउनुभएको छ।
२०५ पटक हेरीएको