फोटो ग्यालरी

भेटघाटमा पुराना नेताहरूले काम नगरेको थापाकाे आरोप

भेटघाटमा पुराना नेताहरूले काम नगरेको थापाकाे आरोप

रोल्पा। राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) का रोल्पा जिल्लाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालाराम थापाले जिल्लामा राजनीतिक भेटघाट तथा जनसम्पर्क कार्यक्रमलाई तीव्र बनाएका छन्।


राजनीतिक भेटघाटका क्रममा हिजो सुनिल स्मृति गाउँपालिका–खुङ्ग्रीमा भेटघाट कार्यक्रम सम्पन्न भएको थियो। सो अवसरमा थापाले स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्या र अपेक्षाबारे जानकारी लिएका थिए। त्यसैगरी, रुन्टिगढी गाउँपालिका–९ मा भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको थियो। उक्त कार्यक्रममा विभिन्न अन्य राजनीतिक दल परित्याग गरी २३ जना राष्ट्रिय स्वतन्त्र पार्टी मा प्रवेश गरेका छन्।
आज लुङ्ग्री गाउँपालिकाको सिर्प र नम्जा क्षेत्रमा भेटघाट कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा स्थानीय जनताका समस्या, गुनासो, आवश्यकता र अपेक्षाबारे छलफल गरिएको पार्टीले जनाएको छ।

कार्यक्रममा उम्मेदवार थापाले पुराना दलका नेताहरूले विगत १८–२० वर्षदेखि विभिन्न किसिमका आश्वासन मात्र दिने तर चुनाव जितेपछि जनतामाझ फर्केर नआउने प्रवृत्ति देखाएको आरोप लगाए। उनले साँचो अर्थमा परिवर्तन चाहिएको भए ‘घण्टी’ चिन्हमा मतदान गर्न मतदातालाई आग्रह गरे। भाषणभन्दा काम गरेर देखाउने आफ्नो प्रतिबद्धता रहेको थापाले स्पष्ट पारे।

२४३ पटक हेरीएको

सम्बन्धित समाचार