मुख्य समाचार

कपुरकोट चोरखोला खण्डमा जिप दुर्घटना हुदाँ चालकको मृत्यु, ३ घाइते 

कपुरकोट चोरखोला खण्डमा जिप दुर्घटना हुदाँ चालकको मृत्यु, ३ घाइते 

सल्यान। राप्ती  लोकमार्ग अन्तर्गत चोरखोला सडक खण्डमा आज बिहान डबल क्याब बोलेरो जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। ग १ ज ५६६१ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकबाट तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा चालक रुकुम पूर्व सिस्ने गाउँपालिका वडा नम्बर ४ निवासी ३४ वर्षीय विजय बिस्वकर्माको घटनास्थलमै ज्यान गएको छ ।
दुर्घटनामा घाइते हुनेमा सिस्ने गाउँपालिका वडा नम्बर २ नाईघाट निवासी २२ वर्षीया सुष्मि रोका, उनी १८ महिनाकी छोरी सफलता केसी र सिस्ने गाउँपालिका ४ कि ४० वर्षीया ललिता केसी रहेका छन्।
दुर्घटना लगत्तै प्रहरीचौकी कपुरकोटबाट प्रहरी टोली र स्थानीय बासिन्दा उद्धारका लागि घटनास्थल पुगेका थिए। चालकलाई तत्काल उद्धार गरी बचाउने प्रयास गरिए पनि उनको घटनास्थलमै मृत्यु भइसकेको पुष्टि भएको प्रहरीले जनाएको छ। घाइते तीन जनालाई स्थानीयवासीको सहयोगमा उद्धार गरी कपुरकोट आधारभुत अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचारको लागि दाङ रेफर गरिएको प्रहरी चौंकी कपुरकोटले जानकारी दिएको छ ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा जीप अनियन्त्रित भई दुर्घटना भएको देखिएको छ भने सडकको अवस्था, गति तथा अन्य प्राविधिक पक्षबारे विस्तृत अनुसन्धान भइरहेको छ। दुर्घटनास्थल साँघुरो मोड र उकालो–ओरालो भएको क्षेत्र भएकाले सवारीसाधन चलाउँदा विशेष सावधानी आवश्यक रहेको स्थानीयवासीले बताएका छन्।

२१९ पटक हेरीएको

सम्बन्धित समाचार