रोल्पा। राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) का रोल्पा जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका बालाराम थापा राजनीतिक भेटघाटका लागि काठमाडौँ पुग्नु भएको छ।
काठमाडौँमा रहँदा थापाले रासपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने र झापा क्षेत्र नं. ५ का उम्मेदवार बालेन्द्र शाह (बालेन)सँग भेटघाट गर्ने कार्यतालिका रहेको छ। थापाका अनुसार आज बालेन्द्र शाह (बालेन)सँग भेटघाट गर्ने र भोलि पार्टी सभापति तथा पुर्व गृहमन्त्री रवि लामिछानेसँग भेट गर्ने कार्यक्रम तय गर्नु भएको छ।
भेटघाटका क्रममा समसामयिक राजनीतिक अवस्था, पार्टीको संगठन विस्तार, आगामी निर्वाचनको तयारी तथा जनताका अपेक्षा र राजनीतिक भूमिकाबारे छलफल हुने जनाउनु भएको छ। विशेषगरी रासपाको वर्तमान अवस्था, स्थानीय तहदेखि केन्द्रसम्म पार्टीलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल केन्द्रित रहने बताउनु भयो।
थापाले रासपा नयाँ राजनीतिक शक्तिका रूपमा स्थापित हुँदै गएको र जनतामा बढ्दो विश्वासलाई अझ मजबुत बनाउन नेतृत्व तहसँग निरन्तर समन्वय आवश्यक रहेको बताउनु भयो। उहाँका अनुसार काठमाडौँ केन्द्रित भेटघाटले पार्टीभित्र नीति, रणनीति र आगामी कार्यक्रमलाई स्पष्ट दिशा दिन सहयोग पुग्नेछ।
रासपाले आफूलाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा प्रस्तुत गर्दै भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाउँदै आए रहनु भएको छ यसै सन्दर्भमा शीर्ष नेताहरूसँगको भेटघाटलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ।
भेटघाटका क्रममा थापाले आगामी निर्वाचनमा २०८२ फागुन २१ गते घण्टी चिन्हमा मतदान गरी देशभर घण्टीलाई बलियो संगठन बनाइदिन सबैमा आग्रह गर्नु भएको छ।
३०८ पटक हेरीएको