मुख्य समाचार

नुनको प्रयोग कम गर्नेबारे किन पुनर्विचार गरिरहेको छ: सरकार

नुनको प्रयोग कम गर्नेबारे किन पुनर्विचार गरिरहेको छ: सरकार

सन् २०१६ र सन् २०१९ मा भएका दुई सर्वेक्षणमा विश्व स्वास्थ्य सङ्गठनले तोकेको भन्दा बढी नुन र आयोडिनको मात्रा बढी पाइएपछि नुनबारे अहिलेसम्म रहँदै आएको सरकारी नीतिमै पुनर्विचार गर्न खोजिएको मन्त्रालयले जनाएको हो।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाको पोषण शाखाका प्रमुख लीला विक्रम थापाले नुन र त्यसमा आयोडिनको मात्राबारे पुनर्विचार गर्नेबारे मन्त्रालयमार्फत् मन्त्रिपरिषद्‌मा प्रस्ताव पठाउनुअघि अहिले प्राविधिक प्रतिवेदनको तयारी भइरहेको बताए।

“एउटा प्राविधिक टोलीले नुनबारे अध्ययन गरेर प्रतिवेदन तयार गर्छ। त्यसमाथि सरोकारवाला र विज्ञहरूको छलफलपछि हामीले एउटा प्रस्ताव मन्त्रिपरिषद्‌मा लैजान्छौँ,” थापाले भने।

त्यस्तो अध्ययनका लागि स्वास्थ्य मन्त्रालय, कृषि मन्त्रालय, युनिसेफलगायतका प्रतिनिधिहरू नुनको उत्पादन, प्याकिङ र आपूर्ति हुने स्थानहरूको अध्ययनका लागि जान लागेको थापाले बताए।

“उत्पादन हुनेदेखि आपूर्ति र बजारसम्मको निरीक्षण गर्ने भनेर एउटा टोली भारतको गुजरात जाँदैछ। नुनमा आयोडिन कति हाल्ने रहेछ, कसरी हाल्ने रहेछ भन्ने तरिका हेर्नका लागि एउटा प्राविधिक टोली गएर प्रतिवेदन तयार गर्छ,” उनले भने।

१७२ पटक हेरीएको

सम्बन्धित समाचार