२० भदौ, राजविराज । हत्याको आरोपमा प्रहरीले मधेश प्रदेशसभा सदस्य अनिरुद्धकुमार सिंह यादवलाई सोमबार पक्राउ गरेको छ ।
सप्तरी क्षेत्र नम्बर ४ (२) बाट स्वतन्त्र उम्मेदवार यादव प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार यादवलाई राजविराजबाट पक्राउ गरी सप्तरी जिल्लाको अघिल्लो बोडेबासैन गाविस–४ का ३२ वर्षीय गोविन्द चौधरीलाई २०६३ असार २३ गते अपहरण गरी हत्या गरेको आरोप लागेको थियो । सदस्य फरार थिए ।
गोविन्दकी बहिनी रीताकुमारी चौधरीले यादवसहित नौ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०७२ असार २८ गते उजुरी दिएकी थिइन् ।
जिल्ला अदालत सप्तरीले यादवलाई अनुसन्धानका लागि थप केही दिन हिरासतमा राखेको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
१८२ पटक हेरीएको