मुख्य समाचार

काठमाडौँ भृकुटीमण्डपमा कांग्रेस नेता महेन्द्र यादवलाई खुकुरी प्रहार

काठमाडौँ भृकुटीमण्डपमा कांग्रेस नेता  महेन्द्र यादवलाई खुकुरी प्रहार

भदौ २०, काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधवार काठमाडौँ महानगरपालिका–२८ स्थित भृकुटीमण्डपमा आयोजित साक्षात्कार कार्यक्रम सकिएपछि नुवाकोटको विदुर–७ घर भएका ४७ वर्षीय श्याम बहादुर सापकोटाले खुकुरी प्रहार गरेका छन् ।

घटनामा कांग्रेस नेताको टाउकोको पछाडिको भागमा गहिरो चोट लागेको छ र उनको अहिले स्थानीय राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । हालसम्म आक्रमणको कारण पुष्टि हुन सकेको छैन र प्रहरीले यसबारे अनुसन्धान थालेको छ ।

१३८ पटक हेरीएको

सम्बन्धित समाचार