समाचार

बैतडी दोगडाकेदार गाउँपालिकामा सञ्चालित तीनओटा मेडिकल सिल

बैतडी दोगडाकेदार गाउँपालिकामा सञ्चालित तीनओटा मेडिकल सिल

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाका विभिन्न स्थानमा सञ्चालित तीनओटा मेडिकल सिल गरिएका छन् । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीसहितको अनुगमन टोलीले अवैध रुपमा सञ्चालनमा रहेका मेडिकलहरुमा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा दोगडाकेदार गाउँपालिका ६ पञ्ज्युनयाँस्थित कबीर मेडिकल हल, दोगडाकेदार ७ खोचलेकस्थित रणशैनी फार्मेसी एण्ड चन्द क्लिनिक र दोगडाकेदार ३ सिल्लेगडास्थित जोशी क्लिनिक सिल गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । पञ्ज्युनयाँस्थित कबीर मेडिकल हलका सञ्चालक कृष्णसिंह कार्कीलाई पक्राउ गरिएको छ ।

उनले भने,“स्वास्थ्य बिषय नपढेका व्यक्तिले क्लिनिक सञ्चालन गरेकोले नियन्त्रणमा लिएका छौं । यो बिषयमा थप अनुसन्धान भइरहेको छ । ”

१२६ पटक हेरीएको

सम्बन्धित समाचार