२३ भदौ, बर्दिया । बर्दियाको मधुवन नगरपालिका–३ धनुराको जंगलमा गाईवस्तुका लागि हरियो घाँस काट्न गएकी ५२ वर्षीया महिलाको बाघको आक्रमणबाट मृत्यु भएको छ ।
सम्झना सामुदायिक वनमा काली वंशी घाँस काट्दै गर्दा हिजो बाघको आक्रमणमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिए ।
बर्दिया राष्ट्रिय निकुञ्जदेखि भारतको कटारनियाघाट संरक्षण क्षेत्र जोड्ने अन्तर्राष्ट्रिय जैविक मार्गमा उक्त घटना भएको हो ।
१९४ पटक हेरीएको