२३ भदौ, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनी र खजुवाको करिब २० बिगाहा जमिनमा लगाएको धान शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट फरार जंगली हात्तीले नष्ट गरेको छ ।
राष्ट्रिय निकुञ्जबाट आएका जङ्गली हात्तीको बथान गाउँमा पसेर धानबाली नष्ट गरेको स्थानीयवासी राजबहादुर तमोलीले बताए । ‘धान रोप्न ३० हजार रुपैयाँ खर्च भयो ।
गएराति हात्तीले बाली नष्ट गरेको छ । सबै धान खाए,’ उनले भने, फलस्वरूप आगामी दिनमा धान किन्नैपर्ने भएको छ,’ उनले भने, ‘साँझ ७ बजेतिर हात्ती गाउँमा प्रवेश गरेको अर्का स्थानीय जय धामीले बताए । तीन दिनदेखि जङ्गली हात्तीहरू गाउँमा पस्न थालेका थिए।” भोलिपल्ट बिहान धानबाली खाएर हात्तीहरू आफ्नो बासस्थानमा फर्किए। उनीहरुले धानबारीमा क्षति पुर्याएका छन्,’ उनले भने ।
स्थानीय बासिन्दाले जंगली हात्तीलाई लखेट्न ड्रम पिट्ने, आगो बाल्ने र पटाका फाल्ने जस्ता विभिन्न उपाय अपनाएका थिए । “जङ्गली हात्तीबाट धान जोगाउन खेतबारीमा रातभर जाग्राम बस्छौँ। हात्तीका बथान सजिलै डराएर भाग्दैनन्। पेट भरेर मात्रै राष्ट्रिय निकुञ्ज फर्किन्छन्,” जङ्गी साउदले भने।
जंगली हात्तीले धान नष्ट गर्न थालेपछि राष्ट्रिय निकुञ्जलाई आवश्यक काम गर्न आग्रह गरिएको वडाध्यक्ष चक्रबहादुर खड्काले बताए । “जङ्गली जनावरको प्रवेशलाई नियन्त्रण गर्न हामीले गाउँमा विद्युतीय काँडेतार लगाउने माग गर्दै आएका छौँ तर हाम्रो मागलाई अझै सम्बोधन भएको छैन।”
गाउँपालिकामा पर्खाल लगाउन बजेट नहुँदा प्रदेश र संघीय सरकारलाई बजेट व्यवस्थापन गर्न आग्रह गरिएको उनले बताए ।
यसैबीच सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेश धामी र प्रदेशसभा सदस्य ओमविक्रम भाटले जंगली हात्तीले धान नष्ट गरेको ठाउँको छुट्टाछुट्टै निरीक्षण गरेका छन् ।
सो अवसरमा स्थानीयले जंगली हात्ती नियन्त्रणको व्यवस्था मिलाउन आग्रह गरेका थिए । मन्त्री धामीले मन्त्रालयबाट बजेट विनियोजन गरेर गाउँगाउँमा तारबार लगाउने काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
१६४ पटक हेरीएको