मुख्य समाचार

सामाजिक सद्भाव कायम राख्नुपर्नेमा अध्यक्ष ओलीको जोड

सामाजिक सद्भाव कायम राख्नुपर्नेमा अध्यक्ष ओलीको जोड

२४ भदौ, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जातीय, सांस्कृतिक, भाषिक र धार्मिक विविधतामा आधारित सामाजिक अखण्डता र सद्भाव शताब्दीयौंदेखिको समाजको पहिचान भएको र यसलाई संरक्षण गरी थप प्रवर्द्धन गर्नुपर्ने बताउनुभएको छ ।

अखिल नेपाल महिला संघ, मध्यपुरथिमिले शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले साम्प्रदायिक अशान्ति र सामाजिक सद्भावलाई कमजोर पार्ने कुनै पनि प्रयासलाई रोक्नुपर्ने बताए ।

हिन्दु नारीहरुको पर्व तीजका अवसरमा शुभकामना आदानप्रदान गर्न आयोजित कार्यक्रममा नेताले भने, “नेपालका सांस्कृतिक पर्वहरु व्यक्तिगत र साम्प्रदायिक खुसीका साथै सामाजिक बन्धन सुदृढ गर्ने माध्यम हुन् ।

१५१ पटक हेरीएको

सम्बन्धित समाचार