मधेस

मलङ्गवामा कर्फ्यू हट्यो, निषेधाज्ञा जारी

मलङ्गवामा कर्फ्यू हट्यो, निषेधाज्ञा जारी

२४ भदौ, सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवामा शनिबारदेखि लागू भएको कर्फ्यु आदेश आइतबार बिहान ८ बजेबाट हटाइएको छ । तर, निषेधाज्ञा भने यथावत रहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

कर्फ्यू हटाएसँगै यहाँको जनजीवन सामान्य अवस्थामा फर्किन थालेको छ । बजारहरु खुलेका छन् र यातायात सेवाहरु सुचारु भएका छन् । सहरका विभिन्न स्थानमा सयौँ सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सर्लाहीका प्रहरी प्रमुख नरेशराज सुवेदीका अनुसार निषेधाज्ञाको अवधिमा सबै प्रकारका विरोध कार्यक्रम, प्रदर्शन र आमसभामा रोक लगाइएको छ ।

कृष्णजन्माष्टमी पर्व मनाउने क्रममा शुक्रबार साँझ हिन्दू आराध्यदेव कृष्णको मूर्ति विसर्जन गरेर फर्किने क्रममा दुई समूहबीच ढुंगा हानाहान भएपछि तनाव कम गर्न शनिबार साँझ ५ बजेदेखि कर्फ्यु लगाइएको थियो ।

स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गर्न आग्रह गरेपछि शनिबार शहरमा प्रदर्शन र झडप भएको थियो।

१४२ पटक हेरीएको

सम्बन्धित समाचार